महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलाथ्व पुन्हि - १५

परिचय

प्रदेश सरकार तथा स्थानीय तहको क्षमता विकास गर्ने मूलभुत उद्देश्य राखी प्रदेश सरकार, कोशी प्रदेशद्वारा (प्रदेश प्रशिक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७७) को रुपमा कानूनी व्यवस्था गरी विधिवत रुपमा वि.सं. २०७७ असोज १८ गते एक प्रशिक्षण केन्द्रको रुपमा स्थापना भएकोमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७९ ले मिति २०८२/०४/३० मा प्रतिष्ठानलाई प्रदेशको एक अविच्छिन्न उत्तराधिकारीवाला स्वशासित सङ्गठित संस्थाको रुपमा स्थापित गरेको हो। प्रदेश र स्थानीय तहको समग्र क्षमता अभिवृद्धिका लागि सो अन्तर्गतका निकाय एवम् सार्वजनिक संस्थाहरूमा आवद्ध मानव संशाधनलाई प्रशिक्षण प्रदान गर्ने, प्रदेश सरकार तथा स्थानीय तहको क्षमता विकास तथा सशक्तीकरण गर्ने, सार्वजनिक पदाधिकारीका लागि तालिम सञ्चालन गर्ने, प्रदेश तथा स्थानीय शासन सम्बन्धी अध्ययन एवम् अनुसन्धान गरी सम्बन्धित निकायलाई परामर्श दिने उद्देश्य यस प्रतिष्ठानको रहेको छ। नेपालको सङ्घीय व्यवस्थाको सफलताका लागि तीन वटै तहको शासकीय संरचनाको सशक्तीकरण तथा क्षमता विकास, सेवा प्रवाहमा सुशासन अभिवृद्धि गर्नु अपरिहार्य छ ।यसै सन्दर्भमा प्रदेश तथा स्थानीय तहको तथा त्यहाँ संलग्न जनप्रतिनिधि तथा कर्मचारीहरूको प्रशासनिक, आर्थिक, राजनैतिक, व्यवस्थापकीय क्षमता विकास क्षेत्रमा प्राज्ञिक रुपमा प्रभावकारी भूमिका निर्वाह गरी आफलाई एक उत्कृष्ट सिका केन्द्र (Excellence Center) को रूपमा विकास गर्ने लक्ष्य यस प्रतिष्ठानले लिएको छ ।